images
images
  • इरानले भन्यो– अमेरिकासँग कुनै सम्झौता हुँदैन

    काठमाडौं– इरानले अमेरिकासँग भएको सम्झौता अब प्रभावहीन भएको घोषणा गरेको छ ।

    अमेरिकी आक्रमण र पुनः नाकाबन्दीपछि इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ‘अब इस्लामाबाद सम्झौता भन्ने कुनै चिज बाँकी छैन’ भनेका छन् ।

    बीबीसीका अनुसार, अमेरिकाले हर्मुज जलडमरूमध्य आसपास इरानका क्षेप्यास्त्र, ड्रोन अड्डा, नौसैनिक स्रोत र तटीय रक्षा प्रणालीमा सात घण्टासम्म सैन्य आक्रमण गरेको जनाएको छ ।

    जवाफमा इरानले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ ।

    गत जुनमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच इस्लामाबाद सम्झौता (एमओयू) भएको थियो ।

    तर हर्मुज जलमार्गमा बढेको तनावपछि दुवै देशबीच पुनः सैन्य भिडन्त सुरु भएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए अर्को हप्ता विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images