काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल, विद्युत केन्द्रलगायतका पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
‘फक्स न्युज’सँगको अन्तर्वार्तामा उनले इरानलाई सम्झौता गर, नत्र केही बाँकी रहने छैन भन्ने सन्देश पठाइएको दाबी गरे ।
ट्रम्पको अभिव्यक्तिको संयुक्त राष्ट्रसंघका अधिकारीहरूले आलोचना गर्दै नागरिक पूर्वाधारमा जानाजानी आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध हुन सक्ने बताएका छन् ।
अमेरिका–इरान तनाव चुलिँदै जाँदा तेलको मूल्य बढेको छ भने होर्मुज जलडमरूमध्य हुँदै हुने ट्याङ्कर आवागमन पनि प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















