images
images
  • प्रधानमन्त्री बालेनले सत्ता सम्हालेयता २ खर्बभन्दा बढी रेमिटेन्स भित्रियो

    काठमाडौं– नेपालमा लगातार तीन महिनादेखि मासिक दुई खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा (साउन–जेठ) कुल २१ खर्ब २० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।

    जेठमा २ खर्ब ३ अर्ब, वैशाखमा २ खर्ब ५७ अर्ब र चैतमा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिटेन्स प्राप्त भएको थियो ।

    गत आर्थिक वर्षको सोही अवधिमा १५ खर्ब ४१ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो ।

    पछिल्ला करिब साढे दुई वर्षदेखि मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स निरन्तर भित्रिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा १० अर्ब ८९ करोड रुपैयाँ रेमिटेन्स विदेशतर्फ पठाइएको छ, जुन गत वर्षको यही अवधिको ९ अर्ब ८७ करोड रुपैयाँ भन्दा बढी हो ।

    यस्तै, वैदेशिक रोजगारीमा जानेको संख्या ५.४५ प्रतिशतले घटेको छ ।

    ११ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या ७ लाख १८ हजार पुगेको छ, जबकि गत वर्ष यही अवधिमा ७ लाख ६० हजार जनाले श्रम स्वीकृति लिएका थिए ।

    इरान–इजरायल द्वन्द्वका कारण केही समय वैदेशिक रोजगारी प्रभावित भएकाले श्रम स्वीकृति लिनेको संख्या घटेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images