काठमाडौं– चीनले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय जहाज आवागमन स्वतन्त्र, सुरक्षित र निर्बाध हुनुपर्ने बताएको छ ।
बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले होर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले त्यहाँको सुरक्षित आवागमन सबै राष्ट्रको साझा हित भएको बताए ।
उनको प्रतिक्रिया अमेरिका–इरानबीच जलमार्गको सुरक्षालाई लिएर बढेको तनावपछि आएको हो ।
यसअघि बेइजिङस्थित इरानी राजदूतले होर्मुज हुँदै आवागमन गर्ने जहाजबाट नयाँ शुल्क लिने घोषणा गरेका थिए भने चीनसहित इरानका मित्र राष्ट्रलाई विशेष सहुलियत दिइने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















