काठमाडौं– सोमबार सेयर बजार परिसूचक नेप्से ३०.६० अंकले घटेर २५७० अंकमा पुगेको छ, जुन गत मंसिर ४ यताकै न्यून स्तर हो ।
बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख ९ यताकै उच्च कारोबार हो ।
आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
सबै समूहगत सूचक ओरालो लागेका छन्, जसमा व्यापार समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घट्यो ।
सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशत र आत्मनिर्भर लघुवित्तको ५ प्रतिशतले बढ्दा उपकार लघुवित्त ११.२८ प्रतिशतले घट्यो ।
कारोबारका आधारमा ऋणपत्र सबैभन्दा अगाडि रह्यो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















