काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार २०० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य तोलाको चार हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















