images
images
  • अस्पतालको जग्गा खाली गर्न बालेनको डोजर चल्यो, हटाइँदै रेडक्रस र क्षयरोग निवारण संस्थाका भवन

    विराटनगर– कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन सोमबार बिहानदेखि डोजर परिचालन गरिएको छ ।

    अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा रहेका संरचना हटाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले निर्माण गरेका भवन हटाउन थालिएको हो ।

    अस्पताल प्रशासनका अनुसार यी संस्थाले निर्माण गरेका केही सटर व्यावसायिक प्रयोजनका लागि भाडामा समेत दिइएका थिए ।

    गत असार २१ गते गृहमन्त्री र स्वास्थ्यमन्त्रीको निर्देशनपछि अस्पतालले सात दिनभित्र संरचना खाली गर्न सूचना जारी गरेको थियो ।

    म्याद सकिएसँगै डोजर परिचालन गरिएको अस्पतालले जनाएको छ ।

    मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झाले अतिक्रमित जग्गा अस्पतालको सेवा विस्तार र संस्थागत प्रयोजनमा प्रयोग गरिने बताए ।

    भवन हटाइएपछि रेडक्रसको रक्तसञ्चार सेवा र नेपाल क्षयरोग निवारण संस्थाको सेवा व्यवस्थापनमा भने अस्थायी चुनौती देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images