images
images
  • अमेरिकी आक्रमणका कारण खाडी राष्ट्रहरूको अस्तित्व धरापमा, मिसाइलको निसानामा कुवेत, जोर्डन र बहराइन

    काठमाडौं– अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ ।

    सोमबार बिहान अमेरिकाले इरानमा करिब तीन घन्टा लामो हवाई तथा समुद्री आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    अमेरिकी सेनाले इरानका हवाई प्रतिरक्षा प्रणाली, राडार केन्द्र, मिसाइल तथा ड्रोन पूर्वाधार र सैन्य डुंगालाई निशाना बनाएको जनाएको छ ।

    अमेरिकाले समुद्री ड्रोनसमेत पहिलो पटक प्रयोग गरेको दाबी गरेको छ ।

    यसको जवाफमा इरानले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ ।

    बहराइन र कुवेतमा सुरक्षा साइरन बजाइए पनि तत्काल ठूलो क्षतिको विवरण सार्वजनिक भएको छैन ।

    इरानले अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनविपरीत ‘युद्ध अपराध’ भन्दै कडा निन्दा गरेको छ र अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्ने मुलुकलाई पनि निशाना बनाउने चेतावनी दिएको छ ।

    यसबीच तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ ।

    ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images