images
images
  • खाडी राष्ट्रहरूलाई खरानी बनाइदिने इरानको चेतावनी, सोझ्यायो डर्टीबम जडित घातक मिसाइल

    काठमाडौं– इरानले आफ्नो विरुद्ध हुने कुनै पनि सैन्य आक्रमणमा सहयोग गर्ने वा आफ्नो भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकलाई पनि निशाना बनाइने चेतावनी दिएको छ ।

    बीबीसी फारसीका अनुसार अमेरिकाको हालैको आक्रमणपछि इरानको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै युद्धविराम सम्झौताको उल्लंघन भएको आरोप लगाएको हो ।

    इरानले अमेरिकी आक्रमणमा यातायात सञ्जाल, माछा मार्ने डुङ्गा, मालवाहक जहाज, मौसम विभागका भवनलगायत सरकारी संरचनामा क्षति पुगेको दाबी गर्दै यसलाई युद्ध अपराधको संज्ञा दिएको छ ।

    साथै, आफ्नो विरुद्धको आक्रमणमा सहयोग गर्ने कुनै पनि देश वा स्थानलाई जवाफी कारबाहीको निशाना बनाइने चेतावनी पनि दिएको छ ।

    उसले विज्ञप्तिमा भनेको छ, ‘खाडी राष्ट्रहरू खरानीको सम्मुखमा छन् । हाम्रा घातक उतै सोझिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images