images
images
  • कुवेतस्थित सैन्य बेसमा इरानी मिसाइलको वर्षा : अमेरिकी क्षेप्यास्त्र–ड्रोन नष्ट गरेको दाबी

    काठमाडौं– अमेरिका–इरान तनाव थप चर्किएको छ ।

    इरानले आफ्नो वायु रक्षा प्रणालीले अमेरिकी एमक्यु–९ ड्रोन खसालेको दाबी गरेको छ भने कुवेतले आफूहरूमाथि भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई प्रतिकार गरिरहेको जनाएको छ ।

    इरानी समाचार एजेन्सी तस्निमका अनुसार, आईआरजीसीले बुशेहर प्रान्तको खोरमुज क्षेत्रमा उडिरहेको अमेरिकी ड्रोनलाई खसालिएको जनाएको हो ।

    अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको इरानको दाबी छ ।

    उता, कुवेती सेनाले देशभर हवाई आक्रमणको साइरन बजाइएको र आकाशमै क्षेप्यास्त्र तथा ड्रोन नष्ट गरिएको जनाएको छ ।

    नागरिकलाई सतर्क रहन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

    यसैबीच, तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका उडानहरू पुनः सञ्चालनमा आएका छन् ।

    यो घटनाक्रम अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा गरेको हवाई आक्रमणपछि विकसित भएको हो ।

    इरानले उक्त आक्रमणलाई युद्धविरामको उल्लङ्घन भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images