images
images
  • राजावादीको प्रदर्शनले राजनीतिक परिस्थिति जटिल बनायो : समाजवादी मोर्चा

    समाजवादी मोर्चाले राजावादीको प्रदर्शनले राजनीतिक परिस्थिति जटिल बनाएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको बैठकले प्रतिगामी कदमलाई असफल बनाउन निर्णय गरेको र नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने निर्णय पनि गरेको हो ।

    मोर्चाले संसदवादी र संसदबाहिराका दलहरूसँग संवाद अघि बढाउने र राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा गर्ने निर्णय गरेको छ । बैठकमा शीर्ष नेताहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्