
जनकपुरबाट उडेको बुद्ध एयरको जहाज काठमाडौँमा अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ।
बिहीबार दिउँसो ४:३९ बजे जनकपुरबाट काठमाडौँ उडेको उडान नम्बर ५०६ भएको कलसाइन ९एन-एएनएज रहेको जहाव काठमाडौँमा ५:६ मिनेटमा अवतरण भएको हो।
जहाज अवतरण गर्नेक्रममा अगाडिको पाङ्ग्रा नभएको थाहा भएको थियो।
जनकपुरबाट काठमाडौँ उडान नम्बर ५०६, जहाज ९एन-एएनएच काठमाडौँमा सुरक्षित अवतरण गरेको हो।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँमा अवतरण भइसकेपछि मात्रै जहाजको अगाडिको पाङ्ग्रा नभएको थाहा भएको थियो।
‘काठमाडौँ ल्यान्ड भइसकेपछि पोस्ट फ्ल्याइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर भेटिएन त्यसपछि जनकपुर एयरपोर्टको रनवेमा भेटियो। अहिले जहाज ग्राउन्डेड गरेर अनुसन्धान गरिएको छ’ उनले भने। उनले अनुसन्धान जारी रहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्