images
images
  • देशभर मनसुनी वायुको प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको जानकारी दिएको छ ।

    हाल लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ, बाँकी भू–भागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशको थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा र पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । साथै तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू–भागका केही तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू–भाग, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images