images
images
  • ठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ

    काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्व वियुका नेता कमल जोशी पक्राउ परेका छन्।

    सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै चर्को विरोध भएपछि प्रहरीले बिहीबार नयाँँ बानेश्वरबाट पक्राउ गरेको हो।

    यसअघि ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई प्रहरी कुटपिटकै आरोपमा पक्राउ गरेको थियो।

    माघ २४ गते उनीहरूसहित ५/६ जनाले ठमेलस्थित सडकमै हो हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) प्रहरीले फेला पारेको थियो। उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

    तत्काल थप मद्दत टोली नजाँदा प्रहरीलाई पिट्ने र मोटरसाइकल तोडफोड गरेको समूह भागेको थियो।

    यसअघि पक्राउ परेका दुई जनालाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेकालाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस्