images
images
  • देश अहिले दोधारमा उभिएको छ : सभापति देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश दोधारमा उभिएको बताएका छन्। बागमती प्रदेश सम्मेलनलाई आज संबोधन गर्दै सभापति देउवाले यस्ताे बताएका हुन्।

    “देश अहिले संक्रमणकालमा उभिएको छ। कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ। यो महत्वपूर्ण कुरा हो,” उनले भने, “साथीहरूको त्याग तपस्या र बलिदानले ठूलो पार्टी बन्न सकेको छ । ग्रासरुटदेखि नै बलियो बनाउन सबै साथीहरू लाग्नुहुनेछ ।”

    पार्टीमा मेलमिलाप आवश्यक रहेको उनले बताए। जितहार स्वाभाविक भएको भन्दै हार्नेले जित्ने साथीलाई सहयोग गर्नुपर्छ। “जित्ने सधैँ जित्ने हार्ने सधैँ हार्ने होइन । पूर्ण रुपमा मेलमिलाप हुन सकेको छैन,” सभापति देउवाले भने ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images