images
images
  • उर्लाबारीमा आगलागी : ४ प्रहरीसहित २७ जना घाइते

    उर्लाबारी। मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन्। घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ ।

    घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए।

    स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन्। आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको डीएसपी दाहालले बताए।

    प्रतिक्रिया दिनुहोस्

    images