
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो,’ उनले थपे, ‘हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो ।’
उनले सरकारबाट अहिले नयाँ आन्दोलनको सुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवात गर्ने बताए ।
राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताउँदै उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए ।
प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ कि भन्ने आशाको सञ्चार सुरु भएको बताए । यसैबेला सरकार ढाल्ने प्रयत्न भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्