images
images
  • यमपञ्चक सुरु, आज कागतिहार

    काठमाडौं।  हिन्दुहरुको महत्वपूर्ण पर्वको रुप लिइले यमपञ्चक (तिहार वर्व)सुरु भएको छ। आज पहिलाे दिन कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार।

    विभिन्न परिकार खान दिई आज कागको पूजा गरिँदैछ। सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ।

    कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

    काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो। शनिबार १७ घडी १३ पला अर्थात् अपराह्न १ बजेर १६  मिनेटसम्म त्रयोदशी छ। त्यसपछि चतुर्दशी लाग्छ।

    कार्तिक कृष्ण चतुर्दशी पारेर आइतबार बिहान कुकुरको  पूजा गरिनेछ। आइतबार नै साँझ लक्ष्मीपूजा गरिँदैछ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images