
मोरङ- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनीहरूले अहिले केहीबेरमा पद तथा गोपनियताको शपथ लिने छन् ।
शनिबार कांग्रेसका प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगरलाई मन्त्री नियुक्त गरेका हुन् ।
राई र मगर दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् ।
कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।
कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्