
काठमाडौं- इजरायलबाट नेपाल फर्कन चाहने नेपालीहरुका लागि अब चार्टड उडान नहुने भएकाे छ। इरायलबाट नियमित रूपमा व्यवसायी उडान जारी रहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई व्यवसायीक उडान मार्फत नेपाल फर्कने बातावरण मिलाउने र उनीहरुको हवाई टिकट भने सरकारले ब्यहोर्ने परराष्ट्र मन्त्रालयले जनाएको हाे।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले मिलाउने छ। अनलाइनमार्फत आवेदन दिएका नेपालीहरूलाई घर फर्किन सहजीकरण गर्ने र टिकट दूतावासले नै काटिदिने निर्णय सरकारले गरेकाे हाे । सोही आधारमा टिकटको व्यवस्थापन गर्ने जिम्मा दूतावासलाई दिइएको छ।
विद्यार्थीहरू बढी जोखिममा रहेकाले सरकारले चार्टड फ्लाइट नै गरेर २ सय ५४ जनाको उद्धार गरेको थियो। इजरायलमा ४५ सय भन्दा बढी नेपालीहरू छन्। उनीहरू अधिकांश केयर गिभरको रूपमा काम गर्दै आएका छन् ।नेपाल फर्किनको लागि हालसम्म नेपाल फर्किएका बाहेक २०० जना भन्दा बढीले अनलाइन आवेदन भरेका दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्