
काठमाडौं- आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच २० बुँदै सहमति भएको छ। पछिल्लो २ सातादेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारी र सरकार पक्षबीच शनिबार १९ बुँदै सहमति भएको हो।
सहमतिसँगै स्थानीय तहका कर्मचारीले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।
स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले शनिबार बुँदागत रुपमा छलफल गरेको थियाे। सोही क्रममा उनीहरुबीच १९ बुँदै सहमति भएको हो।
स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित माइतीघरमा आन्दोलन गर्दै आएका थिए।
सहमतिहरू-
प्रतिक्रिया दिनुहोस्