images
images
  • एनआरएनए सहकोषाध्यक्षमा तिमल्सेनाको उम्मेदवारी, यस्ता छन् प्रतिवद्धता

    काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दिन लागेका छन् । यसअघि सन् २०२१२३ को सहमतीय कार्यकालमा सहकोषाध्यक्षको जिम्मेवारी समाल्नु भएको तिमल्सेनाल आगामी कार्यकालमा पनि सोही पदमा उम्मेदवारी दिन लागेका हुन् ।

    डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले सहकोषाध्यक्ष पदमा अत्याधिक मतसहित विजयी गराउनेमा आशावादी छन् ।

    ‘सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय भई यूकेको कार्यसमिति सदस्य र उपाध्यक्ष, आईसीसी सदस्य, युरोप उपसंयोजक हुँदै हाल केन्द्रीय सह कोषाध्यक्षको भूमिकामा रहेका छन् । उनले आफू निर्वाचित भए सबैको अमूल्य मतको कदर गर्दै इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता ब्यक्त गरे।

    बेलायतका स्थापित व्यवसायी तिमल्सेना समुदायमा एक सरल, मिलनसार र सच्चा समाजसेवीका रुपमा परिचित छन् । एनआरएनएसहित विभिन्न संस्थाहरुमा आबद्ध उनले व्यक्तिगत रुपमा समेत नेपालमा कयौं च्यारिटी काम गर्नु भएको भने बेलायतमै अफ्टेरोमा परेका धेरै नेपालीलाई पनि सहयोग गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images