
काठमाडौं- गैरआवासीय नेपाली संग (एनआरएनए)को अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन् । शुक्रबार लाजिम्पाटस्थित होटेल दुसित प्रिन्सेसमा पत्रकार सम्मेलन गर्दै कार्कीले २०२३-०२५ कार्यकालका लागि ‘२४ महिना २४ बाचा’ बचापत्र सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनद्वारा आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले ‘एनआरएनहरुबीचको एकता’ आफ्नो पहिलो बाचा रहेको बताए । एनआरएनएको उदेश्य पवित्र भएको हुँदा यस्तो पवित्र उदेश्य बोकेको संस्था २ वटा हुनै नसक्ने उनले बताए ।
यस्तै, वैदेशिक रोजगार : दक्ष जनशक्ति, सुरक्षित वातावरण, सामाजिक सुरक्षा, हाम्रो नीति : सुधारौं श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ, उत्पादनमूलक उधम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन: ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन, मानव संशाधन: सबलीकरणयुक्त कार्यसम्पादन, सांगठनिक पुनर्संरचना : कार्यदलबाट गहन योजना, संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन: सबैले गर्न पाऊन् मतदान, आर्थिक कुटनीति : लगानी प्रबर्द्धन मुख्य नीति,
गरौं उच्चतम प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, गैरआवासीय सरोकार जहाँ भए पनि नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता: गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि :जगेर्ना गरौं भाषा र संस्कृति, एनआरएनए शक्ति : अधिकार सम्पन्न एनसीसी,
विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान, देश विकासको बल: एक एनसीसी, हजार पर्यटक, घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम,अग्रजलाई सम्मान : युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम : अबको उद्यम, समावेशी अभियान: महिला सदस्यलाई प्रोत्साहन, विस्तार कार्यक्रम प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध, योजनाबद्ध कार्यान्वयन : न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन उनका बाचाहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्