
विराटनगर- आजै कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच छलफल जारी छ ।
छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी छन् भने अन्य सांसदहरू हलमा कुरेर बसेका छन् ।
कार्कीद्धयसँगको छलफलमा प्रदेश प्रमुख खापुङले भोलि शनिवार सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्दा के हुन्छ भनेर प्रस्ताव गरेको बुझिएको छ । तर कार्कीद्धयले भने आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान छाडेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्