images
images
  • कार्कीलाई समर्थन गरेका ४७ सांसदद्वारा प्रदेश प्रमुख कार्यालयमा धर्ना

    विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेर धर्ना दिएका छन् ।

    संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

    माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले भने कांग्रेससहित चार दलका नेताहरुको हस्ताक्षर लगेका थिए । दुबैको दाबी परेपछि प्रदेश प्रमुख परशुराम खापुङ थप छलफल गरेर मात्र निर्णय गर्ने मनस्थितिमा देखिएका छन् ।

    तत्काल मुख्यमन्त्री नियुक्त नगर्ने संकेत पाएपछि कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

    प्रदेश प्रमुखकोमा पुगेका एमालेका सांसद एकराज कार्कीले हस्ताक्षर सनाखत गर्न परे आफूहरू तयार रहेको बताएका छन्।

    ‘केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्छ। हामी ४७ जना सांसद आएका छौं,’ उनले भने, ‘परे हस्ताक्षर पनि सनाखत गरौं।’

    हिक्मत कार्कीसहित एमालेका सांसदहरू पनि प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images