images
images
  • कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक सुरु

    मोरङ- कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक बसेकाे छ। बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीसहित ८ सांसदको विषयमा निर्णय गर्ने तयारी छ।

    प्रदेशमा यसअघि बिहीबार नै मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन् । पार्टीको आधिकारिक निर्णयभन्दा बाहिर गएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसको विवाद चरम उत्कर्षमा पुगेको छ।

    प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्ति लागि शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्

    images