images
images
  • चुच्चे नक्सामा समेटिएको भूमिमा मोदीले भ्रमण गर्दा नेपालीलाई नै प्रवेश रोक

    काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुच्चे नक्साभित्र समेटिएको दार्चुलाको कालापानी क्षेत्रमा भ्रमण गरेका छन्। मोदीले बिहीबार नेपालको नक्सामा समेटिएको गुञ्जी र कुटीलगायत क्षेत्रमा भ्रमण गरेका हुन्।

    भारतीय अतिक्रमणमा रहेका नावी, गुञ्जी, कुटी नेपालले ०७७ मा जारी गरेको चुच्चे नक्साभित्र समेटिएका गाउँ हुन्। मोदीले गुञ्जीमा भेटघाट कार्यक्रम राखेका थिए ।

    मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका थिए । स्थानीय पहिरनमा सजिएका मोदीले सौका समुदायसँग संवादसमेत गरे । मोदीको भ्रमण भएको ठाउँमा नेपालीलाई प्रवेशमा रोक लगाइएको थियो । नेपालीलाई सीतापुलभन्दा माथि जान रोक छ । नेपाल सरकारले ७ जेठ ०७७ मा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर चुच्चे नक्सा जारी गरेको थियो ।

    नेपाली सुरक्षाकर्मी भने व्याँस गाउँपालिका– १ को छाँगरूमा बसेका छन् । छाँगरू कालापानीभन्दा १० किलोमिटर तलै पर्छ । नेपाल सरकारले चुच्चे नक्सा जारी गरेपछि व्याँसमा सशस्त्र प्रहरीको ४४ नम्बर गण राखेको छ । नेपाली सुरक्षाकर्मीसमेत कालापानीसम्म जान पाउँदैनन् । नेपाल सरकारले छाँगरूमा सशस्त्र प्रहरीका गुल्म तथा तिंकरमा बोर्डर आउट पोस्ट राखेको छ । यस्तै, कालापानीनजिकै रहेको कौवामा बिओपी राख्ने तयारी छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images