images
images
  • लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एकजना घाइते

    काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक समूहलाई नियन्त्रणमा लिएको छ । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् ।

    गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा प्रहरीले गोली चलाएको हो । लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयकाका अनुसार प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएको र उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । अरु तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images