images
images
  • स्वदेश फर्किन इजरायलकाे विमानस्थल पुगे नेपाली विद्यार्थी

    काठमाडौं – इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने भएकाे छ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको छ।

    नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल प्रस्थान गरेका छन्।

    त्यस्तै,  द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीहरु स्वदेश फिर्ताका लागि विमानस्थल पुगि सकेका छन्। इजरायलमा रहेका विद्यार्थी सुरज भण्डारीले आफूहरु तेल–अविव विमानस्थलमा पुगेको जानकारी दिए।

    हमासले शनिबार गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको निधन भएको थियो भने ६ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images