images
images
  • प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल : ओली

    जनकपुरधाम- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।

    बुधबार एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका उनले प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका हुन् ।

    उनले भने, सरकार कहिले ढल्छ त्यो अहिले चर्चा नगरौँ । तर यो रहने सरकार भने होइन ।

    अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्नुअघि जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालय मिथिला भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    एमाले अधिवेशनले मधेस प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले पहिलो पटक प्रदेश स्तरीय अधिवेशन गर्न लागेको हो । बुधबारदेखि सुरु हुने अधिवेशन दुई दिन चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images