images
images
  • सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरासहित ४ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ- भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराका छोरा राहुल महरा, सर्लाहीको राजघाट घर भइ काठमाडौंको नागार्जुन बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङ शेर्पा र र काठमाडौं बौद्धका निमा गुरुङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

    फ्लाई दुबईको जहाजमार्फत् गत पुस १० गते चिनियाँ नागरिक लि ह्यानसङ्गले सुटकेशमा लुकाएर भेपभित्र सुन ल्याएका थिए। सुनले भरिएको उक्त सुटकेश संकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो।

    प्रतिक्रिया दिनुहोस्

    images
    images