images
images
  • एमाले सुदूरपश्चिम अधिवेशन : मतदानकाे समय फेरि सर्‍यो

    काठमाडाैं- नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो। तर, आजका लागि निर्धारित कार्यतालिका पनि पुनः परिवर्तन भएकाे छ।

    निर्वाचन समितिका अनुसार आज बिहान ७ बजेबाट मतदान हुने कार्यतालिका थियो । परिवर्तित कार्यतालिका अनुसार दिउँसो १ बजे मतदान हुनेछ । १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुने भएको छ । त्यसअघि बिहान ८ बजे उमेदवारको नाम फिर्ताको समय तोकिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान ९ बजे हुने कार्यतालिका छ।

    प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू तीनै जना अछामका हुन्। त्यस्तै, अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्। तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको बताइएको छ।

    ५ पदाधिकारी पदमा २४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ। उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ।

    सचिवमा भने रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बम छन् भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images