images
images
  • विश्वकप क्रिकेटः रिजवान चम्किँदा श्रीलङ्कामाथि पाकिस्तानको जित, श्रीलङ्का ६ विकेटले पराजित

    काठमाडौं- ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानको शतकमा पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा श्रीलंकामाथि ६ विकेटको कीर्तिमानी जित हात पारेकोछ ।
    विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य सफलता पूर्वक पूरा गर्दै पाकिस्तानले विश्वकपमा सुरुवाती दुबै खेलमा जित हात पारेको हो ।

    टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३ सय ४४ रनको योगफल बनायो।

    मोहम्मद रिजवानको शतकीय पालीको मद्दतले पाकिस्तानले ३ सय ४५ रनको विजय लक्ष्य ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो।

    मंगलबारको खेलमा नायक बनेका रिजवानले मात्र १२१ बलमा नटआउट रहँदै १३१ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो सबैभन्दा उच्च स्कोर पनि हो । उनले ८ चौका र ३ छक्का हिर्काए । उनलाई ओपनर अब्दुल्लाह सफिकले १ सय १३ रन बनाउँदै राम्रो साथ दिए । आउट हुन अघि उनले १० चौका र ३ छक्का हिर्काए ।

    त्यस्तै, साउद सकिलले ३१ तथा इफ्तिकार अहमदले २२ रन बनाउँदै पाकिस्तानको रन चेसलाई सहज बनाए ।

    एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो ।

    यसअघि सन् २०११ को विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डले राखेको ३ सय २९ रनको लक्ष्य भेट्याएको थियो । मंगलबार पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा १० बल बाँकी छँदै उक्त कीर्तिमानी लक्ष्य पछ्याउन सफल भयो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले कुशल मेन्डिस र सदिरा समाराविक्रमाको शतकको मद्दतले ९ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएको थियो ।

    श्रीलङ्काका लागि मेन्डिसले सर्वाधिक १ सय २२ रन बनाए । उनले ७७ बलमा १४ चौका र ६ छक्का हिर्काए । उनलाई समराविक्रमाले ८९ बलमा १ सय ८ रन बनाउँदै साथ लिए । उनले पनि ११ चौका र २ छक्का हिर्काए ।

    अन्य ब्याट्सम्यानमा ओपनर पाथुम निशांकाले ५१ रन तथा धनञ्जय डी सिल्भाले २५ रनको योगदान दिए । श्रीलङ्काका लागि हसन अलीले ४ तथा ह्यारिस राउफले २ विकेट लिए ।
    प्रतियोगितामा पाकिस्तानको यो दोस्रो जीत हो भने श्रीलङ्काको लगातार दोस्रो हार हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images