images
images
  • दुई सहसचिवसहित १५१ कर्मचारीको सरुवा, ५१ जना कर्मचारीको पदस्थापन (सूचीसहित)

    काठमाडौं- कानून, न्याय तथा सरकारी वकिलतर्फका १२ सहसचिवसहित १५१ जना कर्मचारीको सरुवा भएको छ । त्यस्तै ५१ जना कर्मचारीको पदस्थापन भएको छ ।

    न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्राङ्कित प्रथम श्रेणी कानून समूह र सरकारी वकिल समूहका ६–६ जना सहसचिवको सरुवा गरेको हो ।

    आयोगले सरकारी वकिल समूहका ५१ जना राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिवसरहका कर्मचारीको पनि सरुवा गरेको छ । कानून समूहका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् अधिकृतसरहका १५ जना कर्मचारीको पनि सरुवा गरेको छ ।

    आयोगका अनुसार सरकारी वकिल समूहका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् अधिकृतसरहका ७३ जना कर्मचारीको सरुवा भएको छ ।

    आयोगले न्याय समूहका १५ जना राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत, कानून समूहका ८ जना शाखा अधिकृत र सरकारी वकिल समूहका २८ जना अधिकृतको विभिन्न निकायमा पदस्थापन गरेको छ ।

    https://bishwokhabar.com/wp-content/uploads/2023/10/rastiyesava-1.pdf

     

    प्रतिक्रिया दिनुहोस्

    images