
काठमाडौं – सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न सुझाव दिएको छ । सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न आग्रह गरेका हुन् ।
मन्त्री साउदले शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उनले बताए ।
उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्