images
images
  • इजरायलमा ज्यान गुमाएका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय

    काठमाडौं- सरकारले हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

    मबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

    यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।

    सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ। ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्।

    राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images