images
images
  • सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने

    काठमाडौँ- इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई-दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ।

    मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरेको छ। इजरायलमा आतङ्कवादी समूह हमासले गरेको हमलामा परी आइतबार १० नेपालीको मृत्यु भएको थियो। तीमध्ये ७ जना सुदूरपश्चिमका छन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images