images
images
  • इजरायलमा ४ हजार ७६५ नेपाली, १२ विद्यार्थी सम्पर्कविहीन

    काठमाडौं- इजरायलमा ४ हजार ५०० नेपाली छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले दिएको जानकारी अनुसार इजरायलमा ४ हजार ५०० नेपाली छन्।

    साउदका अनुसार इजरायलमा हाल ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २ सय ६५ जना विद्यार्थी छन्।

    विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।

    १२ विद्यार्थी सम्पर्कविहीन

    मन्त्रीसाउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको बताएका छन्।

    उनले भने, ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ।’

    प्रतिक्रिया दिनुहोस्

    images
    images