images
images
  • परराष्ट्रमन्त्री साउदले इजरायल आक्रमणबारे संसदलाई जानकारी गराउने

    काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी समूह हमासले इजरायलमा गरेको आक्रमणका विषयमा संसदमा सम्बोधन गर्ने भएका छन्। आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ । इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।

    इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभमा ४९ नेपाली विद्यार्थी रहेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images