images
images
  • एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा भीम रावललाई गरियाे ‘बाइपास’

    काठमाडाैं- नेकपा (एमाले) सुदूरपश्चि प्रदेशको पहिलो अधिवेशनमा भीम रावललाई बाइपास गरिएकाे छ। आजदेखि सुरु हुने अधिवेशनमा नेता भीम रावललाई नबोलाइएको हो ।

    ३० साउनमा पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच वार्ता भएको थियो। त्यसपछि रावल गृह जिल्ला अछाममै सक्रिय छन्। प्रदेश अधिवेशनमा भने उनलाई आमन्त्रण नगरिएको रावलनिकट नेताले बताए।

    ‘यहाँ कार्यक्षेत्र नभएका नेतासमेत धनगढी आएका छन्। कतिपय आउने तयारीमा छन्। तर, अछाम भएका भीम रावललाई अधिवेशनमा बोलाइएको छैन,’ ती नेताले भने।

    प्रदेश अध्यक्ष दामोदर भण्डारीले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू सबैलाई खबर गरिएको उनले जानकारी दिए।

    अधिवेशनमा उनलाई नबोलाइए पनि नेतृत्व चयनमा भीम रावल ‘फ्याक्टर’ले काम गर्ने ती नेताको दाबी छ।

    अहिले झपट रावल, प्रकाश शाह, तारा लामा तामाङ, दयालबहादुर शाहीलगायत नेता नेतृत्व चयन आफ्नो पक्षमा पार्न खटिएका छन्। केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका चारै जना भीम रावलप्रति सद्भाव राख्ने हुन्।

    अहिले सम्म प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन्।

    धनगढी स्थित सौराइ ब्यांक्वाइटमा एमाले अध्यक्ष ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images