आसन्न एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुन गईरहेको निर्वाचनमा प्रमुख अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदी लगाएत अरु पदका उमेदवारहरु सहितको अन्तरक्रिया कार्यक्रम इलिनोए राज्यको नायल्स् भन्ने शहरमा त्यस राज्यमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति माझ सम्पन्न भएको छ। उक्त कार्यक्रमको नेपाल जनसम्पर्क समिति इलिनोए च्याप्टरका कार्यवाहक सभापति कृष्ण खनालले सभापतित्व गर्नु भएको थियो भने नेपाल विद्यार्थों संघका पुर्व महामन्त्री तथा युवा बैज्ञानिक डा. यादव पन्डित प्रमुख अथिति रहनु भएको थियो।
कार्यक्रममा सीएनएफएसका कार्यवाहक सभापति खेम पन्थीले स्वाग्त भाषण गर्नु भएको थियो भने एनआरएनए अमेरिकाका नेता रमाकान्त खरेलले कार्यक्रममा उपस्थित सबैलाई रंगीन पर्व होलीको टिका लगाई सुरुवात गरिएको थियो । एनआरएनए अमेरिकाको सल्लाहकार लाल प्रसाद काफ्ले द्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. विष्णु फुयाल , एनआरएनए नेता रामाकान्त खरेल, मा अमेरिकाका नेता सुरेन्द्र चौधरी , सीएनएफएसका कोषाध्यक्ष मेनुका थारू, ने.वि.संघका केन्द्रिय सदस्य विजेन्द्र विक्रम राना, टेलिभिजन पत्रकार जधन निरौला, एनआरएनए अमेरिका इलिनोए च्याप्टरका उपसभापति इन्द्र कान्त चौधरी, एनआरएनए अमेरिका आईवा च्याप्टरको सचिव ज्योति बराल, एनआरएनए आई सीसी अनरी सदस्य राधेश पन्डित, एनआरएनए अमेरिका इलिनोए च्याप्टरका संस्थापक अध्यक्ष सुमन ओस्ति , सीएनएफएसका पूर्व सभापति तथा आम्नाका सचिव खेम पाठक एनआरएनए अमेरिका उइसकन्सिन च्यापटरका उपसमापति दिपक थापा सहितका व्यवतित्वहरूले उमेदवारहरूलाई स्वागत तथा शुभकामना सन्देश दिनु भएको थियो ।
कार्यक्रममा अध्यक्ष का प्रत्यासि बुद्धि सागर सुवेदीले च्याप्टरहरु लाई बलियो बनाउने ,एनआरएनए अभियानमा अब युवा, महिला तथा विद्यार्थीहरू प्रथमिकता, अहिले रोकिएका दोहोरो नागरिकता विषय,अब एनआरएनए अमेरिकालाई समावेशी, पर्दसिता,गतिशील र ससक्त बनाउन आफू कहिले पछि नर्पने कुरामा जोड पनि दिनु भएको थियो। एनआरएनए आईसीसी सदस्यका उमेदवार सत्य चौधरी,महेन्द्र बस्नेत ,उपसभापतिका उमेदवार बाबु राम लामा, उपाध्यक्ष पदका उमेदवार डिल्लु पराजुली, गोपेन्द्र भट्टराई, महासचिव पदका उमेदवार अन्जन चौलागाई, सचिव पदका उमेदवार अनुप खनाल, महिला सचिव तारा मरठ्ठा ,कोषाध्यक्ष पदका उमेदवार राजीब श्रेष्ठ , बोर्ड सदस्य संतोष पाहारी, विशाल राना लगायत एनआरएनए अमेरिका इलिनोए च्याप्टरका अध्यक्ष पदका प्रत्यासि इन्द्रकान्त चौधरी , एनआरएनए अमेरिका आईवा च्याप्टर अध्यक्ष पदका प्रत्यासि ज्योति बराल तथा एनआरएनए अमेरिका उइस्कन्सिन च्याप्टरका अध्यक्ष पदका प्रत्यासि दिपक थापा लगायतका उमेदवारहरुले बुद्धि सागर सुवेदीलाई आफ्नो समर्थन दिदै आ-आफ्नो उमेदवारी किन र केको लागि भन्दै आफ्नो घोषणा पनि गरेका थिए।
ने.वि. संघका पूर्व महामन्त्री तथा युवा वैज्ञानिक डा.यादव पन्डितले अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदी लाई किन र केको लागि आफुले समर्थन गरेको भनेर पनि आफ्नो मन्तवय राख्नु भएको थियो र आफ्नो समर्थन सधै संस्थालाई माया गर्ने र संस्थामा बसेर काम गर्ने सबैलाई रहने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्