• प्रतिनिधिसभा विघटन विरुद्धको रिट सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन


    काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुँदै छ । यसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।

    इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्।

    यसअघि गठित इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयलाई लिएर विवाद भएको थियो। संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो ।

    उक्त इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको उपस्थितप्रति १४६ जना सांसदका वकिलहरुले प्रश्न उठाएका थिए। उनीहरुले नेकपाको एकतालाई शून्यमा झार्ने आदेश गरेको र उक्त आदेशमा पुनरावलोकनका लागि निस्सा नदिएको निवेदक पक्षको भनाइ थियो।

    उनीहरुले इजलास छाड्न अस्वीकार गरेपछि दीकपकुमार कार्की र आनन्दमोहन भट्टराईले छाडेका थिए। वरिष्ठताका आधारमा इजलास गठन भएमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहने थिए।

    प्रतिक्रिया दिनुहोस्