images
images
  • महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

    बारा- बाराको महागढीमाई नगरपालिकाकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरिएको छ ।

    बिगत चार  महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नभएका कारण नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै शुक्रबार स्थानीयले प्रधानमन्त्री ’प्रचण्ड’को पुतला दहन गरेका हुन् ।

    सयौंको संख्यामा रहेका स्थानीयले प्रचण्डको पुतला दहन गरेका थिए । स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतलामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नजिकै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए ।

    नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै जनप्रतिनिधि स्थानीय र सर्बसधारण मिलेर प्रचण्ड चोर अक्षम सरकारको विरुद्ध नारा लगाउदै प्रधानमन्त्रीको पुतला दहन गरिएको थियो ।

    केही दिन पहिला समाजिक संजालमा पाच दलीय गठबन्धनका मन्त्री तथा नेताहरूलाई प्रसिद्ध गढीमाई मन्दिर प्रवेशमा निषेध गरिएको स्टेटस महागढीमाईका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले लेखेका थिए ।

    नगरपालिकामा अधिकृत ल्याउन मन्त्रालयमा धाउदा धाउदा दिक्क भएर समाजिक संजालमा आफुले स्टेटस लेखेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images