images
images
  • सरकारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

    बैठक आज ५ बजे बस्ने छ। गत सोमबार पनि रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो।

    नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारको समर्थन भने कायमै राखेको छ ।
    वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।

    यद्यपि उपनिर्वाचन जितेपछि पत्रकारहरुको एक प्रश्नमा लामिछानेले यथास्थितिमा सरकारको समर्थन कायम राखीराख्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए । त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका अन्य नेताहरुले लामिछानेलाई फकाउने प्रयास जारी राखेका छन् ।

    पार्टी सभापति रवि लामिछानेले उपनिर्वाचन जितेर आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। यसबारे पार्टी सभापति लामिछानेले सोमबारकै बैठकमा ब्रिफिङ गरेका थिए। लामिछानेले केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग पनि राय मागेका थिए। त्यसपछि आन्तरिक छलफलमा जुटेको रास्वपाले आज सरकारमा जाने नजाने बारे निर्णय गर्ने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images