images
images
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा एक्ला एक्लै भेटवार्ता भएको छ।

    तत्कालीन सात दलीय गठबन्धन सरकारबाट एमाले फागुन १५ गते बाहिरएपछि पहिलो पटक ओली र प्रचण्डबीच एक्ला एक्लै वार्ता भएको हो।

    प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच वार्ता भएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने र प्रतिपक्षमा लैजाने प्रतिस्पर्धा यी दुई नेताबीच चलिरहेको छ।

    अर्कातिर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेसहितका उच्च नेताहरु तानिन थालेका छन्। त्यस्तै उच्च पदका कर्मचारी पनि यो प्रकरणमा तानिएका बेला सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताबीच वार्ता भएको हो।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images