images
images
  • अर्थतन्त्र संकटले देश बर्बादीतिर जादा सरकार भागबण्डामा रमायो: केपी ओली

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाएका छन्।

    मंगलबार काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रमा देखिएको समस्याका कारण मुलुक संकटमा सरकार गम्भीर हुन नसकेको र भागबण्डामा रमाइरहेको समेत बताए।

    उनले भने, ‘पूर्णरूपमा अर्थतन्त्र ओरालो लाग्यो । असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन । अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ । यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु, २/४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब ? तिनको समर्थनमा स्टाटस लेखेर समर्थन गर्दै हिँडनेहरुलाई देशको के मतलब । तर, तपाईँ हामीले मतलब राख्नुपरेको छ । हामीले बुझ्नु परेको छ कि देश बर्बादीतिर जाँदैछ ।’

    व्यपारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्बौं कमाएको तर देश घाटामा गएको उनको भनाइ छ। उनले अबको डेड वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिने देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गरे।

    ‘आयात कम भएको देखिए पनि भइराखेको छ भन्सार छलेर । तर, भन्सार उठेको छैन । भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भइराखेको छ । तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा छ । त्यसकारण अर्थतन्त्र संकटमा छ । देश संकटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ ‘, ओलीले थपे ।

    स्थानीय तहमा समपुरक बजेट ५० प्रतिशतभन्दा बढी पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसकेको उनको भनाई थियो ।

    ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गरे।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images