
काठमाडौं- बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले शपथ लिएका छन्।
यादवले सोमबार सिंहदरबारमा आयोजित समारोहमा शपथ लिएका हुन्। उनलाई सभामुख देवराज घिमिरेले सांसदको शपथ गराएका छन्।
गत वैशाख १० मा भएको उपनिर्वाचनमा यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
वैशाख १० गतेकै उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्रनम्बर १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका थिए ।
यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्