
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय वसुन्धरामा जारी छ ।
आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने.नजाने विषयमा छलफल हुने रास्वपाका एक नेताले बताए ।
बैठकमा ४० जना केन्द्रीय सदस्यलाई पार्टी निर्माण र सरकारका विषयमा धारणा राख्न दिने तयारी गरिएको छ । बैठकले सरकारमा जा/नजाने विषयमा स्पष्ट बुझिने गरी निर्णय गर्ने ती नेताले बताए ।
सरकारमा गए किन जाने ? यदि नगएमा किन नजाने ? भन्ने विषयमा पनि स्पष्ट गराउने तयारी गरिएको छ । सो पार्टीका अधिकांश नेताहरूले सरकारमा जान नहुने भन्दै दबाब बढाइरहेका छन् । सरकारमा जान नहुने मत बलियो हुँदै गएमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई प्रतिपक्षमा बस्न सक्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा आउन आग्रह गरेका छन् । आफूहरूले उठाएको विषय समेटिए सरकारमा जान सकिने रास्वपाका नेताहरू बताएका छन् ।
आज दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्दै छ ।
प्रतिक्रिया दिनुहोस्