images
images
  • महावीर पुनलाई प्रधानमन्त्रीको फोन, माग भोलिसम्म पुरा गर्ने प्रतिबद्धता

    काठमाडौं- सरकारले धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग छलफल गरेको छ ।

    आइतबार दिउँसो सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच छलफल भएको हो ।

    पुनको माग सोमबारसम्ममा पुरा गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । आज वार्ता टोली बनाएर भोलिसम्म आफ्ना माग पूरा गर्ने समझदारी भएको पुनले जानकारी दिए ।

    पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने बताए । आज नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्ने गरी वार्ताबाट निर्णय भएको उनको भनाइ छ ।

    “आज बेलुकी ५ बजेभित्रमा एउटा टोली गठन गर्ने, टोली गठन गरेर सकभर रातारात भयो भने आज नभए भोलि माग पूरा गर्ने भन्ने निर्णय भएको छ,” छलफलपछि पुनले भने ।

    उनले छलफल सकारात्मक भएको समेत बताए । वार्ताकै क्रममा प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईपटक फोन गरेको सुनाए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images