
दाङ- सत्ता समीकरणमा भएको फेरबदलको लाभ लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले पाएका छन् । विश्वासको मत नपाएर एमालेका लिला गिरी नेतृत्वको सरकारले ढलेसँगै डिल्ली चौधरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् ।
बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरे । प्रदेशसभाको अघिल्लो कार्यकालमा मन्त्री बनेका उनी यसपटक मुख्यमन्त्री बन्ने अवसर पाए ।
चौधरी भने सामाजिक आन्दोलन पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । उनी थारु कमैया, कमलहरीहरुमा शैक्षिक जागरणको अभियान सुरु गर्ने राजनीतिकर्मी हुन् ।
निम्न वर्गीय परिवारमा जन्मिएका चौधरीका बाबु टुकलाल चौधरी जिल्ला पञ्चायत सदस्य र गाउँ पञ्चायतको उपप्रधानपञ्चसम्म भएका थिए ।
२०२६ असार १५ मा दाङको तुलसीपुरमा जन्मिएका डिल्ली १७ वर्षकै उमेरदेखि नै उनी सामाजिक काममा सक्रिय थिए । ०४८ सालमा उनले बेस (ब्याकवार्ड सोसाइटी एजुकेशन) नामक गैरसरकारी संस्थाबाट कमैया र कमलरीलाई शिक्षाको पहुँचमा ल्याउने अभियान सुरु गरे ।
चौधरीले दाङसहित पश्चिम तराइका, बाँके, बर्दिया कैलाली, कञ्चनपुरमा पछाडि परेका आदिवासी थारुहरुलाई शिक्षा सारक्षरताको कामको थालनी गरे । गाउँ–गाउँमा गएर प्रौढ कक्षाहरु चलाए ।
२०५२ सालबाट डिल्ली चौधरीले कमैया मुक्तिको आन्दोलनको नेतृत्व गरे । त्यसबेला दाङसहित पश्चिम तराइमा कमैया प्रथा व्याप्त थियो । पछि जमिनदारी प्रथा विरुद्ध थारु मुक्तिको आन्दोलनलाई चर्काउने र नेतृत्व डिल्ली चौधरीको नेतृत्वको संस्था बेसले ग¥यो । त्यतिबेला संयुक्त परिचालन समिति गरेर आन्दोलनलाई गाउँ गाउँबाट चर्कियो ।
त्यही समितिबाट प्रशासन अघि धर्ना बसेर कमैया मुत्ति आन्दोलनका कार्यक्रमहरु सुरु भयो । त्यसपछि थुप्रै कमैयाहरु साहुका घरबाट विद्रोह गरेर आन्दोलनमा सहभागी हुन थाले । काठमाडौंमा समेत पुगेर दिनहुँ धर्ना र प्रदर्शन गर्न थालेपछि सरकारको ध्यानाकर्षण भयो । र, ०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो ।
पछि कमैया मुक्ति आन्दोलनको नेतृत्व र थारु समुदायमा शिक्षाको जागरण ल्याउने काम गरेवापत उनी थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान समेत पाए । उनले अमेरिकाले दिने अशोका फेलोसिप अवार्ड र रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारलगायतका पुरस्कार प्राप्त गरेका छन् ।
राजनीति यात्रा
बेस नामक गैर सरकारी संस्थाबाट थारु समुदायमा शैक्षिक अभियान र मुक्त कमैयाको आन्दोलनका थालेका उनको राजनीतिक उदय त्यहीँबाट भयो ।
पछि उनी ०५७ सालको कमैया मुक्त आान्दोलनदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा निकट बनेका थिए । त्यसपछि उनी राजनीतिमा सक्रिय हुन थाले । २०६४ सालमा दाङ क्षेत्र–४ बाट उनले संविधानसभा निर्वाचनको टिकट पाएका थिए । तर माओवादीका नेता शिवराज गौतमसँग पराजित भए ।
०७० सालबाट भने उनले प्रत्यक्षमा टिकट पाएनन्, समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका उनी ९ महिना श्रम राज्यमन्त्री बनेका थिए ।
०७४ को निर्वाचनमा उनी दाङ–३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । त्यतिबेला कुलप्रसाद केसी नेतृत्व सरकारको ०७८ देखि ०८९ सम्म प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री बने । ०७९ साल गत मंसिर ४ गतेको निर्वाचनमा पनि उनी एमालेका घनश्याम पाण्डेलाई हराउँदै दाङ–३ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका उनी अहिले उनी लुम्बिनी प्रदेशेको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।
नी प्रदेशेको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्